Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको चुनावी घोषणापत्र : सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने

काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ ।

मंगलबार आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।

प्रसूति सेवा सुनिश्चित, हवाइ एम्बुलेन्सलगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो। त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077