Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले तत्काललाई रोक्यो लाइसेन्स दिने प्रक्रिया

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।

सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो ।

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बताइएको छ ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अर्को आदेश नआउन्जेल कुनै पनि प्रक्रिया अघि नबढ्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077