एजेनसी । ब्लूमबर्गले विश्वका २५ सबैभन्दा धनी कारोबारी घरानाको सूची सार्वजनिक गरेको छ ।
यो सूचीको पहिलो नम्बरमा छन्, २२४ अर्ब डलरका साथ वालमार्टको सन्चालन गर्ने वाल्टन परिवार । यो परिवार अमेरिकाको नर्थवेस्ट अरकन्सास बस्ने गरेको छ ।
दोस्रो नम्बरमा पनि अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर भएको बताइएको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी तथा घरेलु पाल्तु जनावरसम्बन्धी हो । यो परिवारको पाँचौ पुस्ताले यो काम गरिरहेको छ ।
तेस्रो नम्बरमा कोच औद्योगिक परिवार रहेको ब्लूमबर्गले जनाएको छ । साउदी अरबको अल साउद परिवार अमिर कारोबारी घरानाको चौथों नम्बरमा रहेको छ । यो परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर भएको बताइएको छ ।
पाँचौ नम्बरमा फ्रान्सको हम्र्स परिवार रहेको छ । छैटौं नम्बरमा भारतको अम्बानी परिवार रहेको छ । यो सूचीमा छैटौं स्थानमा भारतको अम्बानी परिवार परेको छ।
धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९९५ मा, धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।
अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर भएको ब्लूमबर्गले जनाएको छ ।
Leave a Reply