Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण, अत्यावश्यक सेवा प्रभावित

    युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण, अत्यावश्यक सेवा प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 927
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेको छ ।

    जसकारण अत्यावश्यक सेवा प्रभावित भएका छन् । मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीले जानकारी दिए ।



    राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताए । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।



    रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार