Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आजदेखि थुनछेक बहस हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोमबार अभियोगपत्र दायर गरिएकोमा मंगलबारदेखि थुनछेक बहस हुने भएको हो ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । जसमा १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहका करणी कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

पीडित युवतीको उमेर सोही उमेर समूहको रहेकाले सन्दीपलाई कसुर ठहर भएमा कम्तीमा १० वर्ष कैद सजाय हुनेछ। अदालतले अभियोग दाबीअनुसार जरिवाना तथा क्षतिपूर्ति भराउने आदेश दिन सक्ने छ। अभियोगपत्रमा सन्दीपको सम्पत्ति रोक्का आदेशको पनि माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077