Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘नो नट अगेन’ अभियान चलाउनेलाई कारबाही गर्ने आयोगको निर्देशनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार उक्त सूचना खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

दायर रिटमा उल्लेख भनिएको छ,‘प्रेस विज्ञप्तिले मतदाताहरूलाई संविधानद्वारा प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भई अपुरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म मिति जारी प्रेस विज्ञप्ति कार्यान्वयन नगर्नू/नगराउनू, सो आधारमा कुनै पनि नागरिकलाई यससम्बन्धी विषयलाई लिएर धरपकड एवं मुद्दा नचलाउनू अन्तरिम आदेश समेत जारी गरी पाऊँ ।’

आयोगको सूचना अनुसार 'नो नट अगेन' अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077