Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीडित किशोरीको बयान : पिट्दै कोठा नम्बर ३०५ मा सन्दीपले दुई पटक बलात्कार गरेँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिने नाबालिकाले आफूमाथि जबर्जस्ती करणी प्रयास हुँदा प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बताएकी छिन् ।

प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बारेमा आफूमाथि भदौ ५ गते राति दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिइन् ।

किशोरीले बयानको क्रममा प्रहरी समक्ष भनेकी थिइन्,’आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि दोस्रो पटक करणी भएको हो।’

उनले थप्दै भनेकी थिइन्,’सन्दीपले आफूलाई नगरकोटमा पुर्‍याएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ झुक्याएर लागि दुईपटक बलात्कार गरेँ।’

सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा किशोरीको बयान समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077