Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्छ : सञ्चारमन्त्री कार्की

    निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्छ : सञ्चारमन्त्री कार्की

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 957
    SHARES

    सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

    सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।



    उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे ।



    सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने बताए।

    झुटको पुलिन्दा बाँड्ने र सामाजिक सद्भाव बिगार्ने तत्त्वबाट सावधान रहनका लागि समेत मन्त्री कार्कीले सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार