Online Nepal
  • बुधबार, २ माघ २०८१
  • इन्धन आयातले भारतसँग व्यापार घाटा चुलिँदो, तीन महिनामै साढे ३ खर्बको व्यापार घाटा

    इन्धन आयातले भारतसँग व्यापार घाटा चुलिँदो, तीन महिनामै साढे ३ खर्बको व्यापार घाटा

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 855
    SHARES

    फाइल फोटो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ ।

    भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ ।



    गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।

    सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख छ । यो गत आर्थिक वर्ष २०७८÷ ७९ को तुलनामा १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा आयात निर्यात व्यापार घटेकाले व्यापार घाटा पनि घटेको हो ।

    गत आवमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाखबराबरको व्यापार भएकोमा यस आवको तीन महिनामा मात्रै ४ खर्ब ४२ अर्ब ८१ करोडबराबरको मात्रै व्यापार भएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार