Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज चुनावी घोषणापत्र ल्याउँदै

    माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज चुनावी घोषणापत्र ल्याउँदै

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एकैदिन चुनावी घोषणापत्र सार्वजनिक गर्दै छन् ।

    तीन वटै पार्टीले फरक फरक समयमा चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् । माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सोमबार दिउँसो ३ बजे चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक गर्नेछ ।



    माओवादीले ‘राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’को कुरा समेटेर प्रतिवद्धतापत्र ल्याउँदैछ।



    यस्तै एकीकृत समाजवादीले पनि सोमबार दिउँसो १ बजे आलोकनगरस्थित पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्दैछ । एकीकृत समाजवादी महासचिव वेदुराम भुसालका अनुसार अध्यक्ष माधवकुमार नेपालले उक्त घोषणा पत्र सार्वजनिक गर्ने छन् ।

    यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार