Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - गोरखाको विकासका लागि प्रचण्ड बाहेक अर्को विकल्प छैन

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुगेका डा भट्टराईले आज मतदातासँगको भेटघाटमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए ।

'प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमूना बनाउने एउटा सपना थियो,'उनले भने,'मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम उहाँले 'प्रचण्ड'ले पूरा गर्नुहुन्छ ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077