Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • टी–२० विश्व कप : दक्षिण अफ्रिकासँग भारत ५ विकेटले पराजित

    टी–२० विश्व कप : दक्षिण अफ्रिकासँग भारत ५ विकेटले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ ।

    पर्थस्थित पर्थ क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।



    भारतले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए ।



    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार