Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महासचिव पोखरेल भन्छन् - सत्ता गठबन्धनले संसद विघटनलाई चुनावी एजेण्डा बनायो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले विदेशीले के भन्छ त्यस अनुसार चल्ने सरकार होइन, देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेलाई मतदान गर्न आह्वान गरे ।

उनले गठबन्धनमा रहेका दलहरुले एमालेविरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएकोप्रति असन्तुष्टि पोखे ।

उनले भने, ‘२०७४ को निर्वाचनमा भोट माग्दा कांग्रेसविरुद्ध वामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए ।

यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो ।’ उनले वर्तमान गठबन्धन सरकारले जनताका समस्यामा कुनै चासो र सरोकार नराख्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077