Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवलपुर बस दुर्घटना : घाइतेहरुको तत्काल उपचार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    नवलपुर बस दुर्घटना : घाइतेहरुको तत्काल उपचार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 789
    SHARES

    काठमाडौं । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-२ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।



    दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।



    घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

    पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो । ३० जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार