Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेयमारमाथि लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज

    नेयमारमाथि लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 873
    SHARES

    एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथि लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ।

    ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो। नेमारसँगै बार्सिलोना फुटबल क्लबका पूर्व अध्यक्ष सान्तोस रोसेलमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो।



    अभियोजनकर्ताले पीएसजीका स्टार नेमारलाई १० मिलियन युरो जरिवाना र दुई वर्षको कारागार सजायको माग गरेका थिए।



    यसैगरी बार्सिलोनाका पूर्व अध्यक्ष रोसेललाई पाँच वर्ष कैद र १० मिलियन युरो जरिवानाको माग गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार