Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागी उम्मेदवारी दिने माओवादीका पाँच नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

शनिवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।

परिपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी गराइन्छ।’

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्सा ४ '१' बाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पा १ '२' मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् ।

उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । यस्तै पार्टीबाट निष्कासित हुनेमा केन्द्रीय लेखा परीक्षण आयोग सदस्य समेत रहेका कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र बराल रहेका छन् ।

यस्तै माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ । माओवादी केन्द्रले गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077