Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • श्रीलंकामाथि न्युजिल्यान्डको सहज जित

    श्रीलंकामाथि न्युजिल्यान्डको सहज जित

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 948
    SHARES

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले श्रीलंकामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले हराएको हो ।

    सिड्नीमा न्युजिल्यान्डले दिएको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०२ रन बनायो ।



    श्रीलंकाका लागि कप्तान दशुन शनकाले सर्वाधिक ३५ रन जोडे । त्यस्तै भानुका राजापाक्ष्यले ३४ रनको योगदान गर्दा त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



    न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । त्यस्तै मिचेल स्टेनर र इस सोधीले दुई–दुई विकेट लिँदा टिम साउथी र लकी फग्युसनले समान एक–एक विकेट लिए ।

    यसअघि ग्लेन फिलिप्सको शतकीय पारीको सहयोगमा न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । न्युजिल्यान्डका लागि फिलिप्सले १०४ रनको शतकीय पारी खेले ।

    ६४ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गरे । त्यस्तै डेरी मिचेलले २२ रन बनाउँदा मिचेल स्टेनरले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन ।

    श्रीलंकाका लागि कासुन राजिथाले दुई विकेट लिए । त्यस्तै महेश थेक्सान, धनन्जय डी शिल्भा, वानिन्दु हर्शरंगा र लाहिरु कुमारले एक–एक विकेट लिए ।

    आजको जितसँगै न्युजिल्यान्डले ३ खेलबाट ५ अंक जोडेर समूह १ को शीर्ष स्थानमा छ । न्युजिल्यान्डले सेमिफाइनल यात्रालाई बलियो बनाएको छ । यता श्रीलंकाको ३ खेलबाट २ अंक छ । आजको हारसँगै श्रीलंकाको अघिल्लो चरण प्रवेशको सम्भावना झनै कमजोर बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार