Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री शर्माले भने - घोषणापत्रमा सबै पक्ष र क्षेत्रलाई समेटेका छौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिएको बताएका हुन्।

उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताए। उनले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गरे।

महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गरे। महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिबद्धता व्यक्त गरे।

महामन्त्री शर्माले घोषणापत्रमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई केन्द्रमा राखेर राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न गर्ने भन्ने

जुन पद्धति र प्रवृत्ति गएको संसदको बेलामा देखियो आफ्नो पार्टी त्यसबाट मुक्त रहेर संसदभित्रै विकल्प रहँदा रहँदासम्म विघटनमा नजाने भन्ने निर्णय घोषणापत्रमै उल्लेख गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077