Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले सोध्यो गगन थापालाई दोस्रो पटक स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण सोधेको हो ।

गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुन: स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077