Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई विश्वप्रकाशले भने - संसद विघटन नगर्ने प्रतिवद्धता गर्नुस्

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभालाई भंग नगर्ने प्रतिवद्धता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

काठमाडौंबाट गृह जिल्ला झापा पुगेका ओली र काठमाडौं फर्किँदै गरेका शर्माबीच शुक्रबार झापाको भद्रपुर विमानस्थलमा भेट भएकोहो ।

आकस्मिक भेटमा शर्माले कांग्रेसले घोषणापत्रमा प्रतिनिधिसभा विघटन नगर्ने विषय उल्लेख गर्न लागेको बताएका थिए ।

शर्माले ओलीसँग संसदलाई अकालमै मृत्यु हुन नदिने प्रतिवद्धता जनाउन प्रस्ताव गरेको तर ओलीले बेवास्ता गरेको शर्मा निकटका एक नेताले जानकारी दिए ।

ओलीले घोषणापत्रको तयारी सकेर प्रेसमा पठाइसकिएको शर्मालाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077