काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
Leave a Reply