काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएसँगै यसको व्यापक आलोचना भइरहेको छ ।
आयोगले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको तथा प्रमुख दलकै पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
सामाजिक सञ्जालमा यतिबेला ह्यासट्याग नो नट अगेन ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा भएको हो ।
कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो ।
अहिले नो नट एगेन ह्यास ट्याग ट्विटरको नेपाल ट्रेन्डिङको टपमा रहेको छ । अहिलेसम्म यो ह्यासट्याग प्रयोग गर्दै ११९६ वटा ट्विट भइसकेका छन् । केही चर्चित पब्लिक फिगरहरुले समेत यो अभियानको समर्थन गरेका छन् ।
Leave a Reply