Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलहरु कम्तिमा ५ वर्ष एक ठाउँमा उभिनै पर्ने बताएका छन् ।

नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नहुने बताए ।

महामन्त्री थापाले भने– 'हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने

मतदातालाई धोका दिन पाइँदैन,कसैको सनक,व्यक्तिगत आग्रह,महत्त्वाकाङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ।'

थापाले अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको र स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै रहेकाले अब काम गरेर देखाउने चुनौती आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077