Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

    निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 894
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताएका छन्।

    नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर शाख्वाको माल्यार्पण समारोहमा उनले यस्तो बताएका हुन् ।



    उनले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे। उनले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने बताए।



    निर्वाचनमा सबै सक्रियताका साथ लाग्न उनले आग्रह गरे। देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर शाख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए।

    उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार