Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ ।

आयोगले सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरुबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गगेको हो ।

जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८,

९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कणरली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्स्था मिलाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077