Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने - सत्ता गठबन्धनको उद्देश्य देश बनाउने होइन,एमाले सिद्ध्याउने हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताए।

एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ ।

नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077