सुर्खेत। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन मुलुकको आवश्यकताअनुसार भएको बताएका छन् ।
मङ्गलबार नेपाली काँग्रेस, सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछि बलियो गठबन्धनको सरकारले पूरा हुनसक्ने बताए ।
नेता खड्काले गठबन्धन मुलुकको आवश्यकताअनुसार भएकाले यो गठबन्धन मङ्सिर ४ गतेको निर्वाचनपछि पनि कायम रहने बताए । आगामी निर्वाचनपछि झन् बलियो गठबन्धनको सरकार हुने र त्यसैले जनताको तीव्र विकासको चाहना, लिक बाहिर जान लागेको संविधानलाई सही बाटोमा हिँडाएर संरक्षणको काम गर्ने बताए ।
विकास र निकासको लागि बलियो सरकारको आवश्यक पर्ने भएकाले त्यसका लागि गठबन्धन गरिएको उनको भनाइ छ ।
उनले सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत भएको हुँदा विगतमा आफूहरुले गरेका विकास निर्माणको काम अझैसम्म पनि अधुरै रहनु दुःखद भएकाले बताए ।
Leave a Reply