Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – मतदातालाई प्रलोभनमा पार्ने काम नहोस्

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – मतदातालाई प्रलोभनमा पार्ने काम नहोस्

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 849
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् ।

    दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।



    उनले भनेका छन्, ‘चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेवार र सबै मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।’



    मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावले राष्ट्रको जीवनमा सुशासन, समृद्धि र विकासको स्पष्ट मार्ग चित्र कोर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचन निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार