काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन रहरले नबनेको बताएका छन् ।
पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने, ‘रहरले होइन आवश्यकताले बनेको गठबन्धन हो । गठबन्धन अपरिहार्य थियो, छ र रहनेछ । लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेका हौं ।’
देशभर गठबन्धनको माहोल बनेको उनले बताए । गठबन्धन छ जित्छौं भनेर ढुक्कसँग नबस्न उनले सबैलाई सचेत गरे ।
राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको उनले बताए ।
Leave a Reply