Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनताबाट प्राप्त अधिकार रक्षाका लागि गठबन्धन गरेका हौं : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको बताएका छन् । सोमबार वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी चुनौतीपूर्ण अवस्थामा छौँ । अहिलेसम्म ल्याएको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए। उपलब्धिलाई माटोमै मिलाउने प्रयास भयो ।

त्यसविरुद्ध हामीले संयुक्त आवाज उठाएर गठबन्धन गरेका छौँ । एमालेले गरेको गठबन्धन दलका अनुहार हेर्नुस् । र, हाम्रो गठबन्धनलाई हेर्नुस् ।

त्यहीँबाट सबै प्रष्ट हुन सकिन्छ । गठबन्धन सत्ताको लागि मात्रै होइन । जनताबाट प्राप्त अधिकार रक्षाका लागि हामीले गठबन्धन गरेका छौँ ।’

समाज रुपमान्तरणका लागि गठबन्धन गरेर चुनावमा गएको पौडेलको भनाइ थियो । व्यवस्था बदलिएपनि जनताको अवस्था बदलिन नसकेको उनले बताए ।

जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न निर्देशन दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी गरे । मुलुकलाई राष्ट्रवादको मुकुन्डो लगाएर उपलब्धिमाथि आक्रमण गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077