Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ को व्यवस्था गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आइतबार राजधानीमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले ‘राइट टु रिकल’को व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भने– ‘जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिम्मेवार हुँदै गएका छौं कि ढाँट, छल र पैसाले किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल, षड्यन्त्र र पैसाले किनबेच गरेर सत्तामा जाने प्रवृत्ति छ ।’

जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत (२५ प्रतिशत वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले भने– ‘जनताको सेवामा लाग्छु भनेर चुनाव जितेकाहरूले नै त्यस क्षेत्र र नागरिकको समस्या नबुझ्ने अवस्था अहिले कायम छ । राइट टु रिकलको व्यवस्था गर्नुपर्छ, यो सम्भव छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077