काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्दको अनुसन्धान पुरा भएको छ ।
आइतबार प्रहरी वृत गौशालाले राय सहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो ।
सन्दीप विरुद्द प्रहरीले तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । त्यस्तै आज पनि अदालतबाट दुई दिन म्याद थपिएको थियो ।
अब वकिल कार्यालयले भने तिहार पछाडि अर्थात कार्तिक १३ गते मात्र अदालतमा मुद्दा दर्ता गर्नेछ ।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
उजुरी लगत्तै प्रहरीले लामिछाने विरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।