काठमाडौं । भारतले ट्वान्टी-२० विश्वकप सुपर–१२ को समूह–२ मा आइतबार पाकिस्तानलाई चार विकेटले पराजित गरेको छ । जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा विजयी रन बटुलेको थियो ।
भारतको विजयमा विराट कोहली नायक रहे । उनले ५३ बलमा अविजित ८२ रन बनाएर टीमलाई जीत दिलाएका हुन् । अन्तिम ओभरमा जीतका लागि भारतलाई १६ रन आवश्यक थियो ।
ओभरको चौथो बलमा पाकिस्तानी बलर मोहम्मद नवाजले नोबल फ्याँके अनि त्यसैमा कोहीले छक्का हाने । त्यसले खेल भारतको पक्षमा पारेको हो । नवाजले त्यसपछि पनि वाइडहरू फ्याँकेर पाकिस्तानी हारका लागि योगदान गरे ।
टस हारेको पाकिस्तानले आठ विकेटको क्षति १५९ रन बनाएको थियो । शान मसूदले अविजित ५२ तथा इफ्तिखार अहमदले ५१ रनको योगदान गरे । भारतका लागि हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए ।
Leave a Reply