काठमाडौं । कांग्रेस सभापित शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहेपछि पार्टीको संकल्पपत्र भोलिमात्र सार्वजनिक हुने भएको छ ।
कांग्रेसले आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को संकल्प सभापति देउवाले नभ्याएपछि भोलि सोमबार बिहान साढे १० बजेमात्र सार्वजनिक गरिने भएको हो ।
सत्ता गठबन्धनको चुनावी दौडाहाका क्रममा देउवा अहिले सुदूरपश्चिम प्रदेश छन् ।
कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो ।
तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको हो ।
Leave a Reply