Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य

    पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 1K
    SHARES

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ ।

    मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले अर्धशतकीय पारी खेले ।



    अहमदले ३४ बल खेल्दै २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए ।



    बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्द श्वामी र भुवनेश्वर कुमारले एक–एक विकेट लिए ।

    आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुपर १२ मा सुखद सुरुवात गर्ने योजनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार