धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा पुगेको बताएका छन् ।
आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताए ।
उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए।
Leave a Reply