Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र ओली मिलेर संविधानमाथि आक्रमण गरे : रामचन्द्र पौडेल

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर संविधानमाथि आक्रमण गरेको बताएका छन् ।

सत्तागठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको छ । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवारलाई जिताउनुहोला ।’

यो कांग्रेस, माओवादी, समाजवादी नभनी गठबन्धनका उम्मेदवार जिताउन पौडेलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077