काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशनसमेत दिए । उनले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानहरूलाई निर्देशन दिए ।
गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए ।
Leave a Reply