Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देन भन्छन् - अरु पार्टीको हिसाबकिताब छैन, हाम्रो प्रतिस्पर्धी एमाले हो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् ।

उनले भने, ‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिष्पर्धा नेकपा एमालेसँग भएको छ ।

अरु पार्टीहरूको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । '

उनले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे ।

उनले काँग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077