काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा आज भएको भेटवार्तामा गृहमन्त्री खाँण र राजदूत थम्प्सनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको हो ।
भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
साथै उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए ।
सो अवसरमा राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने बताए ।
Leave a Reply