एजेन्सी । बेलायतलाई युरोपेली संघ (ईयू) मा पुनः सामेल गराउन माग गर्दै हजारौं प्रदर्शनकारीले मध्य लण्डनमा जुलुस निकालेका छन् ।
शनिवारको राष्ट्रिय पुनर्स्थापना मार्चमा पार्क लेनदेखि संसद स्क्वायरसम्म मानिसको ठूलो भीड देखिएको थियो।
बेलायत भरका मानिसहरुहरू मार्चमा सहभागी हुन घण्टौँको यात्रापछि लण्डन आइपुगेका थिए।
मार्चको अन्तिम विन्दु पार्लियामेन्ट स्क्वायर गार्डनमा समर्थकहरूले ईयूको झण्डा फहराएका थिए। गार्डेनमा प्लेकार्ड बोकेका निलो र पहेंलो कपडा लगाएका मानिसहरुको समुद्र देखिएको थियो।
Leave a Reply