Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्ध आज अभियोगपत्र दर्ता गर्ने तयारी

काठमाडौं । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ ।

सरकारी वकिल कार्यालयले आइतवार अभियोगपत्र अदालतमा दर्ताको तयारी गरेको हो ।

यसअघि प्रहरीले शुक्रवार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077