Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक गर्दै गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको छ ।

सोहीअनुसार आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुनेछ । गृहसचिव विनोद प्रकाश सिंहले निर्वाचनलाई भयरहित र सुव्यवस्थित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नेगरी आवश्यक तयारी थालिएको जानकारी दिए ।

सोही तयारीअनुसार प्रदेशस्तरीय सुरक्षा बैठक थालिएको र सातै प्रदेशमा छलफल गरी सुरक्षा अवस्थालाई मजबुत पारिने सचिव सिंहले बताए ।

गृह मन्त्रालयले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न विभिन्न खाले रणनीतिसमेत तय गरिरहेको छ । प्रदेशस्तरीय सुरक्षा बैठकले सुरक्षा रणनीति तय गर्नसमेत सहयोग पु¥याउने गृहले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077