काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् ।
राप्रपाले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले समानुपातिक सांसद पदका लागि आफुले कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर चयन नगरेको दाबी गरेका हुन् ।
तर अन्य राजनीतिक दलहरुले भने सांसद पद बेचेको उनको आरोप छ ।
उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको भन्दै अहिले पद नपाउनेहरुको पालो आउने आश्वासन दिए ।