Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रजातन्त्र र संविधानमाथि हमला हुँदा मैले एमालेबाट विद्रोह गरेँ : माधव नेपाल

जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रजातन्त्र र संविधानमाथि हमला हुँदा आफूले एमालेबाट विद्रोह गरेको बताएका छन् ।

शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

'एमालेको मुख्य नेता म थिए,'उनले भने,'प्रजातन्त्र र संविधानमाथि हमला हुँदा विद्रोह गरेको हुँ ।'

यस्तै उनले एमाले र जसपाबीच अपवित्र गठबन्धन भएको बताए । 'पाँच दलीय गठबन्धनले मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई बचाउनका लागि गरिएको छ,' उनले भने, 'त्यसकारण पाँच दलीय गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले जसापको गठबन्धन अपवित्र हो । त्यहाँ संघीयता विरोधी तत्त्वहरू छन् । उनीहरूलाई परास्त गर्नुपर्छ ।'

नेपालको हरेक परिवर्तनमा कम्युनिस्ट र लोकतन्त्र मिलेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077