काठमाडौं । विवेकशील साझा पार्टीले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहको माफी स्वीकार गरी मुद्दा फिर्ता गर्न आग्रह गरेको छ ।
सो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले आज एक विज्ञप्ति जारी सो आग्रह गरेका हुन् । सो पार्टीले सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युट्युवबाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कलाकार सिंहलाई २ पटक गरि १५ दिनभन्दा बढी हिरासतमा राखी सकिएको र यस विषयले समाजको २ अतिवादी शक्ति मुखर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा समेत क्षय हुँदै गाएकोप्रति सवै सरोकारवाला संवेदनशील हुन विवेकशील साझा पार्टी हार्दिक अपील गर्दछ।’
सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजित हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्दा दायर गरेकाहरूलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण बनाउन समेत उक्त पार्टीले आग्रह गरेको छ ।
Leave a Reply