Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परिवर्तन बचाउन गठबन्धन गरिएको हो : रामचन्द्र पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन् ।

विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन बचाउन गठबन्धन गरिएको बताएका हुन् ।

कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको भन्दै उनले अवस्था त्यस्तो नरहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि बताए ।

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धन साथीहरूले मनमुटाव एकआपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077