Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले कांग्रेस महामन्त्री शर्मालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको हो ।

शर्माले आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौलालाई हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा देखिएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

उनलाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077