रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताएका छन् ।
बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’ प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर बन्न खोजेको उनको आरोप थियो । नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्षति हुनसक्छ ।’
राप्रपासँग ओलीको गठबन्धन देशघाती भएको र आफूहरूको गठबन्धन आवश्यकतामा आधारित भएको उनको जिकिर छ ।
ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।
Leave a Reply