Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री देउवाले भने – गठबन्धन आजको आवश्यकता हो, कसैले समस्या नल्याऔं

    प्रधानमन्त्री देउवाले भने – गठबन्धन आजको आवश्यकता हो, कसैले समस्या नल्याऔं

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 846
    SHARES

    पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धन आजको आवश्यकता भएको बताएका हुन् ।



    देउवाले भने, ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ ।



    आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो ।

    अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ।’

    गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए । केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार